शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

रत्ननगर- ७ मा नि:शुल्क स्वास्थ्य शिविर, ७ सय १३ जनाकाे  परिक्षण

Share:
221

रत्ननगर, मंसिर २६ । रत्ननगर- ७ मा रहेकाे साैराहा आँखा उपचार केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शान्ति सेवा गृह तिलगंगा काठमाडौं, ग्रीन साेसाईटी पब्लिक स्कुल र ग्रीन शोसाईटी नेपालकाे संयुक्त आयाेजनामा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

काठमाण्डाैंबाट आएका विशेषज्ञ चिकित्सकद्वारा मिनि अस्पताल सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिनुभयाे ।

उक्त शिविरमा ३ सय ६५ जना वृद्धवृद्धा, २ सय ५० जना बालबालिका र ९८ जना आँखाका बिरामी गरि ७ सय १३ जनाकाे स्वास्थ्य परिक्षण पश्चात् नि:शुल्क रूपमा औषधि वितरण गरिएको थियो । साेहीक्रममा परीक्षण गरिएका ९८ जना आँखाका बिरामीमध्ये ३० जनाको अपरेसन गर्नुपर्ने भएकाले ती बिरामीहरूको केही दिनमा नै निःशुल्क रुपमा आँखाको अपरेसन गरिने उहाँले जानकारी दिनुभयो ।

चिकित्सकको टोलीले सामान्य जाँच, दन्त, स्त्रीराेग, भाैतिक चिकित्सा प्रयाेगशाला, आँखा जाँच गरेपछि औषधि, ब्रस, मञ्जन, लिटाे बितरण गरिएकाेछ ।

बिभिन्न रोग लागेर अन्यत्र गएर चेक जाँच गर्न नपाएकाहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको परियारको भनाई छ । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा स्थानीयहरू खुसि भएकाछन् ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको परियारकाे भनाईछ ।

हेर्नुनुहाेेस् भिडियाे :

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।