शुक्र, माघ २, २०८२
Search
शुक्र, माघ २, २०८२

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल

Share:
228

आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानी गर्ने दिन छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । संयुक्त लगानीमा फाइदा हुने योग छ । कर्तव्य पूरा गर्ने ढंगले अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

वृष : मिष्ठान्न भोजन हुनेछ । परिवारसँग घुमफिर तय हुनसक्छ । साथीभाइसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्ने योग छ ।

मिथुन : दैनिक काममा भन्दा उद्देश्य नै परिवर्तन गरेर अगाडि बढ्नु राम्रो हुनेछ । काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : दिन सामान्य छ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । उपचारमा भए सुधारका संकेत देखिनेछन् । दाम्पत्य जीवन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : विपक्षीले आज तपाईंको प्रशंसा गर्नेछन् । खर्च हुनेछ । रोग बढ्ने जोखिम छ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्नेछ ।

कन्या : दिन राम्रो छ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

तुला : शिक्षामा राम्रो छ । परीक्षाको तयारीमा भए नतिजा तपाईको पक्षमा रहनेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । व्यापारले आम्दानी बढ्ने हुनेछ ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा दिन राम्रो बन्नेछ । निर्णय लिनुअघि साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । गुरुको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

धनु : दिन सहज छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । साथीको साथमा काम बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । रोग बढ्ने जोखिम छ । सानो विषयमा परिवारभित्र झगडा हुनसक्छ । मन अशान्त हुने जोखिम छ । शिक्षामा थप मिहिनेतको खाँचाे छ ।

कुम्भ : मनमा शान्ति मिल्नेछ । तपाईंको दैनिक काम सफल बन्नेछ । आज गरेको लगानीबाट दीर्घकालसम्म फाइदा हुनेछ । बिहानै पिपलको दर्शन वा दान गरेर दिनको सुरुवात गरेमा काम सहजै बन्नेछ ।

मीन : दिन सामान्य छ । परिवारको साथ मिल्नेछ । बोल्दा सचेत बन्नुपर्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नपर्ने दिन छ । साथीको साथ मिल्नेछ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।