आइत, चैत्र २९, २०८२
Search
आइत, चैत्र २९, २०८२

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल

Share:
293

आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर ६ तारिख । पुष कृष्ण पक्षको द्वित्तिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । राज्यका तर्फबाट त्रास हुनेछ ।

वृष : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ । बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

मिथुन : मिष्ठान्न भोजन  मिल्ने छ । रमाइलो यात्रा हुने योग छ । खर्च बढ्नेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हाेला । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

कर्कट : स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन् । ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ । तपाईंको काममा परिवारबाट विरोध हुनेछ । परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । आफन्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन् । आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : दिन राम्रो छ । मन खुशी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ । परिवारको साथ मिल्नेछ ।

तुला : स्वास्थ्यमा समस्या हुनसक्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ । परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

धनु : बोलीको प्रभावले काम बन्नेछ । मनमा भएका कुरा भन्नु राम्रो हुनेछ । रोगबाट मुक्त हुने योग छ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । सोचेका काममा बाधा र अड्चन हुनेछ । शरीरमा आलश्यता बढ्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन रमाइलो छ । राज्यको तर्फबाट राहत मिल्नेछ । माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ । पारिवारिक मिलन हुने दिन छ ।

मीन : विरोध गर्नेहरु बढ्नेछन् । खानपानमा समस्या हुनसक्छ । साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ । बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।