आइत, जेष्ठ १७, २०८३
Search
आइत, जेष्ठ १७, २०८३

कालिकामा ३७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

Share:
325

कालिका, मंसिर १९ । ३७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै चितवनको कालिका नगरपालिकाले २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

रेडक्रस मा.वि मा आयोजना गरिएको कार्यक्रममा कालिका नगरपालिकाका ११ वटै वडाबाट आएका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई नगर प्रमुख विनोद रेग्मी र नगर उपप्रमुख विमला तामाङले सम्मान गरेका हुन् ।

सोही अवसरमा बागमती सरकार अन्र्तगत जन स्वास्थ्य कार्यालय चितवनले प्रत्यक महिला स्वयंसेविकालाई नगद रु पाँच हजार केहीदिनमा सबैको खातामा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । स्वयंसेविकाको कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सम्मान गरिएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा नगरको उपस्थिति देखाएको भन्दै प्रसंसा गरे । ‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईंहरु स्वस्थ्य समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ। तपाईंहरुको यो योगदान अतुलनीय छ’, नगर प्रमुखको भनाइ छ । समाजका समुदाय–समुदायभित्र स्वास्थ्यको पहुँच पर्‍याउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका ठूलो रहेको उनले बताए । बिगतका तुलनामा अहिले स्वास्थ्य स्वयंसेविकाहरु आफ्नो कार्यमा तल्लिन भएर खुसि भएको बताए ।

उप-प्रमुख विमला तामाङले समुदायको स्वास्थ्य प्रवर्धनको क्षेत्रमा महिला स्वास्थ्य स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयमसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए । गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई सबैले कदर गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा जन स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल अधिकृत राम के.सि, कालिका नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक विश्वनाथ खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन कालिका नगरपालिकाकी नर्शिङ निरिक्षक मनमाया बस्नेतले गरेकी थिईन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।