रत्ननगर, मंसिर १८ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित एक होटेलकाे छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाेछ ।







