मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

रत्ननगर वडा नं १५ मा भोलीदेखि लोकसेवा तयारी कक्षा सुरु हुँदै

Share:
275

रत्ननगर, मंसिर १० । रत्ननगर नगरपालिका वडा नं १५ मा भोली विहीबार देखि लोकसेवा तयारी कक्षा सुरु हुँदैछ ।

वडा कार्यालयले ६० दिने तयारी कक्षा आयोजना गरेको हो । लोकसेवा सारथी प्रा.लिको सहजीकरणमा हुने सो कक्षामा ३० जना सहभागी हुँदैछ ।

गरिबी न्यूनीकरण गर्दै वडा भित्रका युवाहरुलाई सरकारी सेवामा अबसर प्रदान गर्ने उद्देश्यले सो वडा कार्यालयले विगत चार बर्षदेखि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

तयारी कक्षामा सहभागीहरुलाई लोकसेवा परीक्षाको लागि आवश्यक पर्ने किताब निःशुल्क रुपमा प्रदान गरिने छ ।

वडाध्यक्ष आशिक तामाङले निजामती सेवा प्रवेशमा सहजताका लागि वडा कार्यालयले हरेक बर्ष लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएका बताए ।

विगतमा हामीले युवालाई सीप सिकाउने नाममा ठुलो बजेट खर्च गर्दै आयौं उनले भने तर ति युवाहरुलाई स्वदेशमै रोक्न सकिएन ।

सरकारी सेवा मार्फत युवाहरुलाई स्वदेशमै अड्याउनु पर्ने अबस्था आएको भन्दै उनले लोकसेवा तयारी कक्षा मार्फत युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउनु मुख्य उद्देश्य रहेको बताए ।

अहिले सम्म सो वडा कार्यालयले १२० जना युवालाई लोकसेवा तयारी कक्षा सहभागी गराइसकेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।