बुध, पुस ३०, २०८२
Search
बुध, पुस ३०, २०८२

‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट

Share:
89

काठमाडौँ, २ मङ्सिर ।  प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा दुवै आँखा गुमाएका सुर्खेत वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष बोहरालाई भेटेर जानकारी लिनुभएको छ ।

आज त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उहाँले बोहराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । प्रधानमन्त्री कार्कीले उपचारको प्रगतिबारे चिकित्सकसँग जानकारी लिनुका साथै बोहरा परिवारसँग भेट गरी आवश्यक सहयोगका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

गत भदौ २४ गते सुर्खेतमा भएको घटनामा गोली लागेर बोहराले दुवै आँखा गुमाउनुभएको थियो । प्रधानमन्त्री कार्कीसँग घाइतेका बुवा चन्द्रबहादुर बोहोराले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभयो ।

उहाँले छोरा एवं आश्रित परिवारको भविष्य अनिश्चित भएको भन्दै श्रीमती, चार वर्षीया छोरी तथा बुबाआमाको जीविकोपार्जनमा ठूलो कठिनाइ हुनेभन्दै ध्यानाकर्षण गराउनुभयो ।

परिवारसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले उपचार तथा आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, “तपाईँलाई धेरै दुःख परेको छ भन्ने म बुझ्छु । हामी पनि आमाबाबु हौँ । उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।” रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।