मङ्ल, फाल्गुन २६, २०८२
Search
मङ्ल, फाल्गुन २६, २०८२

स्वास्थ्य मूल्याङ्कनमा कालिका नगरपालिका जिल्लामै पहिलो

Share:
540

सञ्जय चाैधरी, कालिका । आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा चितवनकाे कालिका नगरपालिका जिल्लामै पहिलो बनेको छ ।

जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको मूल्याङ्कनमा चितवन जिल्लाका ७ स्थानिय तह मध्य कालिका नगरपालिका पहिलाे, माडी नगरपालिका दाेस्राे र खैरहनी नगरपालिका तेस्राे बनेकाे कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए ।

स्वास्थ्य सूचकका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई प्रमुख अतिथि अधिकारीले सम्मान–पत्र प्रदान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट आतिथि, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी, बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दिपक प्रसाद तिवारी, बकुल्लर रत्ननगर अस्पतालका मे. सु द्वय डा. मदन ज्ञावाली र डा. अंकुर पौडेल, प्रदेश आयुर्बेद औषधि उत्पादन केन्द्रका प्रमुख डा. सुरेश महर्जन, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, बागमती प्रदेश ए पि एच आई एन का अध्यक्ष बिक्रम अधिकारी, चितवन जिल्लाका सम्पूर्ण स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरू, निजि अस्पतालका प्रतिनिधि लगायत बिभिन्न संघ संस्थाका प्रमुखहरूकाे उपस्थिती रहेकाे थियाे ।

समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।