आइत, बैशाख ६, २०८३
Search
आइत, बैशाख ६, २०८३

रास्वपाले नयाँ र विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने

Share:
315

चितवन, कार्तिक २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा गठबन्धन गर्न सक्ने बताएको छ। चितवनमा सुरू भएको विस्तारित बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा रास्वपाले नयाँ र विचार मिल्नेहरूसँग निर्वाचन र सरकार गठनमा सहकार्य गर्न सकिने बताएको हो।

‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ,’ प्रतिवेदनमा भनिएको छ। तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न नदिइने प्रतिवेदनमा उल्लेख छ। आउँदो चुनाव प्रतिगामी र अग्रगामीबीचको निर्णायक संघर्ष रहेकाले चुनावी तयारी र परिणाममा कुनै पनि कोणबाट कमजोर हुने छुट नरहेको रास्वपाको भनाइ छ।

‘आउँदो चुनावमा हामीले उत्साहजनक नेतृत्वदायी परिणाम ल्याउन सकेनौं भने देशले पुरानै दलहरूको कुशासनको भारी खेप्नुपर्छ भने तिनले जेनजी आन्दोलनको म्यान्डेड र जनताको भावना विपरीत मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्नेछ,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै रास्वपाले चुनावमा उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउने बताएको छ। ‘उम्मेदवार छनोटमा पार्टीका सबै संरचनाले अपनत्व लिने वातावरण बनाउनुपर्छ। यसले पार्टीभित्र समूहगत विभाजनलाई रोक्छ भने जनस्तरमा पनि राम्रो सन्देश जान्छ,’ प्रतिवेदनमा भनिएको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।