गाेरखा, असाेज ३० । गाेरखाकाे शहिद लखन गाँउपालिका वडा नं २ ढाडबारीमा महिला सामुदायिक पिसाई मिल उद्घाटन गरिएकाेछ ।
युएन डिपी, एस जिपी, जिईएफकाे आर्थिक सहयाेगमा भरतपुर महानगरपालिका वडा नं. ३ मा रहेकाे युवा समाज नेपालले साैरा तिनघरे र सुन्तालाबारी महिला कृषक समूहलाई मिल बितरण गरिएकाे हाे ।

उक्त मिल कार्यक्रमका प्रमुख अतिथि युवा समाज नेपालका उपाध्यक्ष सहदेव लकान्द्रीले उद्घाटन गर्नुभयाे ।
कार्यक्रमा बाेल्दै प्रमुख अतिथि लकान्द्रीले मिलले यस क्षेत्रका स्थानियलाई राेजरी दिने भएकाले आयआर्जनमा जाेडिन सबैलाई आग्रह गर्नुभयाे ।
मनकामना मन्दिरमा प्रयाेग भएका फूलहरू संकलन गरि बाटेकाे धुप बनाउने तालिम, जैबिक खेतीलाई प्राेत्साहन, कम्पाेष्ट मल उत्पादन, फलफूलका बिरुवा राेपण, खानेपानी मुहान संरक्षण, सामुदायिक संरक्षण लगाएत थुप्रै कार्यहरू युवा समाज नेपालले कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेकाे उहाँले बताउनुभयाे ।
दुई वर्षदेखि सञ्चालन गर्दै आईरहेकाे परियाेजनाकाे अवधि सकिएपनि आगामी दिनहरूमा यस्ता परियाेजनाहरू पुन: सञ्चालन गर्ने बताउनुभयाे । यहाँहरूकाे साथ र सहयाेगले याे परियाेजना सफल भएकाे उहाँकाे भनाईछ ।
साैरा तीनघरे र सुन्ताला बारी महिला कृषक समूहकी अध्यक्ष बालकुमारी थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सुन्ताला बारी महिला कृषक समुहका सदस्य धनवहादुर थापा, सन्ताेषी थापा लगाएतले मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रम संयाेजक चन्द्र शेखर शर्माले सञ्चालन गर्नुभएकाे कार्यक्रममा युवा समाज नेपालका महासचिव किशाेर खनालले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।







