शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

‘अकबरे खुर्सानी बिक्री गर्न बजारको समस्या छैन, माग धेरै छ ’

Share:
282

तनहुँ, १९ असोजः तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब रु ४५ लाख आम्दानी गरेका छन् । सामूहिक अकबरे खुर्सानीखेती गरेका यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन् ।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । यहाँका ३५ जना कृषक अकबरे खुर्सानीखेतीमा आबद्ध छन् ।

कृषक अखिल सारु मगरले यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट रु सात लाख आम्दानी गरिसक्नुभएको छ । करिब रु १२ लाख आम्दानी हुने उहाँको अनुमान छ । कृषक जयकुमार थापाले खुर्सानी बिक्री गरी रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिनुभयो । उहाँले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी गरेको बताउनुभयो । असारदेखि अकबरे खुर्सानी बजार पु¥याइएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानीममा व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानीखेती गरिएको छ । वडालाई अकबरेखेतीको पकेट क्षेत्र बनाउन ५० हजार बेर्ना कृषकलाई वितरण गरिएको थापाले बताउनुभयो ।

अकबरे खुर्सानी बिक्रीबाट यहाँका कृषकले न्यूनतम रु ७० हजार आम्दानी गरेका छन् । उहाँले भन्नुभयो, “अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ ।” अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले कृषकको जीवन गुलियो बनाएको थापाको भनाइ छ ।

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासी अकबरे खुर्सानीखेतीमा लागेका हुन् । उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा बिक्री गरिएको छ । उहाँले भन्नुभयो, “बजारको समस्या छैन, माग धेरै छ ।” हाल बजारमा प्रतिकेजी रु तीन सयदेखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले रु एक लाख अनुदान दिएको थियो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।