बिहि, बैशाख १७, २०८३
Search
बिहि, बैशाख १७, २०८३

सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड

Share:
307

काठमाडौँ, भदौ २६ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ ।

अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ ।

बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।

तर, काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङको पक्षमा पनि जंगीअड्डाबाहिर नाराबाजी भएको थियो ।

यद्यपि काठमाडौँका मेयर बालेन्द्रले सुशीलालाई समर्थन गरिसकेका छन् । अहिले जंगीअड्डाबाहिर जम्मा भएको भिडले चर्को नाराबाजी गरिरहेको छ ।

रिपोर्टिङका लागि आएका भारतीय मिडिया र नेपाली सञ्चारकर्मीबीच भनाभन भएको छ। विवाद बढेपछि अहिले सेनाले माइकिङ गरेर भिडलाई हटाउन खोजिरहेको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।