शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

Share:
148

काठमाडौं, भदौ ११ । यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्। नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ। दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन। दशैँ आउन अब मात्र २६ दिन बाँकी छ।

यो वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ। असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ।

सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन्। अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ। भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ। हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ।

अबको ३३ दिनमा फूलपाती रहेको छ। दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ।

अबको ३४ दिनमा महाअष्टमी छ। असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ। आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ।

असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ। कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ। सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ।

दशैँको चहलपहल भएसँगै सहरबाट गाउँ पुग्नेको संख्या बढ्छ। केही साता अगाडि नै गाउँगाउँ पुग्ने गाडीका लागि टिकट खुल्छ। दशैँले सहरको मात्र होइन गाउँको चहलपहलसमेत बढाउने गर्दछ।

पढाइ र रोजगारीका लागि सहर पसेका परिवारका सदस्यले दशैँ जस्ता चाडपर्वमा गाउँगाउँमा खुशी लिएर फर्किने छन्।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।