शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

जापानमा एकै वर्षमा घट्यो १० लाख जनसङ्ख्या

Share:
237

टोकियो, साउन २३ । जापानमा एकै वर्ष करिब १० लाख लाख जनसङ्ख्या घटेको छ। यसरी जनसङ्ख्या घट्नुमा जापानमा रहेको कम जन्मदर हो।

जापानी महिलाको बच्चा जन्माउने कुरामा बढ्दै गएको अरुचीप्रति प्रधानमन्त्री सिगेरु इसुवाले चासो व्यक्त गरेका छन्।

एक दिन अघि सार्वजनिक भएको डेटा अनुसार जापानमा सन् २०२४ मा ६ लाख ८६ हजार ६१ बच्चा जन्मिए। सोही समयमा करिब १६ लाख जनाले ज्यान गुमाए। यसको मतलब एक जना बच्चा जन्मिदा दुई जना मानिसको मृत्यु भएको छ।

जापानमा लगातार १६ वर्ष जनसङ्ख्या घटेको यो जनगणनाले देखाएको छ। जापानमा जन्मनेक्रम घटे पनि विदेशबाट त्यहाँ जानेको सङ्ख्या भने बढेको छ। २०२५ को जनवरीको विवरण अनुसार जापानमा रहेका विदेशीको सङ्ख्या ३६ लाख पुगेको छ।

जापानमा डिजिटल नोम्याड भिसामार्फत् विदेशी कामदार ल्याउने नीति लिइएको छ। यसका बाबजुद जापानको राजनीतिमा आप्रवासीकै विषय मुद्दाको रूपमा उठ्ने गरेको छ। सन् २०२३ यता जापानमा ०.४४ प्रतिशत जनसङ्ख्या घटेको छ।

जापानमा ६५ वर्ष भन्दा माथिको जनसङ्ख्या ३० प्रतिशत छ। मोनाको पछि प्रौढको प्रतिशत जापानमा दोस्रो बढी हो। विश्व बैंकका अनुसार जापानमा काम गर्ने जनशक्ति १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको सङ्ख्या करिब ६० प्रतिशतमा झरेको छ। जापानी महिलाको जन्मदर सन् १९७० को दशकदेखि घट्न थालेको हो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।