सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

च्याटजीपीटीको प्रयोगमा गिरावट

Share:
137

साउन २० । सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा कमी आएको एक प्रतिवेदनले जनाएको छ । युरोन्यूजको समाचार अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबाट च्याटजीपीटीको लोकप्रियता व्यवसायिक संस्थाहरुमा घट्दै गएको छ ।

नेटस्कोपको तथ्याङ्कका अनुसार सन् २०२५ को पहिलो छ महिनामा यसको प्रयोगमा उल्लेखनीय कमी देखाएको हो । प्रतिवेदनले कम्पनीहरूले डेटा गोपनीयता र सुरक्षा चिन्ताका कारण च्याटजीपीटीको प्रयोग सीमित गरेको प्रतिवेदनमा उल्लेख छ । धेरै व्यवसायहरूले संवेदनशील जानकारी चुहावट हुने जोखिमका कारण सावधानी अपनाएका छन् ।

साथै, केही कम्पनीहरूले आफ्नै आन्तरिक एआई उपकरणहरू विकास गर्न थालेका छन्, जसले च्याटजीपीटीको प्रयोग घटाएको हो । यद्यपि, च्याटजिपिटी अझै पनि विश्वभरका व्यवसायहरूमा लोकप्रिय छ ।

तर, प्रतिवेदनले एआई उपकरणहरूको प्रयोगमा बढ्दो प्रतिस्पर्धा र नियामकको दबाबले भविष्यमा यस्ता प्रविधिको प्रयोगलाई थप प्रभावित गर्न सक्ने संकेत गरेको छ ।

यो कमीले च्याटजिपिटीको विकासकर्ता ओपनएआईमाथि नयाँ रणनीति बनाउन दबाब बढाएको जनाइएको छ । कम्पनीले प्रयोगकर्ताको विश्वास जित्न र बजार हिस्सा कायम राख्न थप सुरक्षित र प्रभावकारी उपायहरू ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।