शनि, मंसिर २७, २०८२
Search
शनि, मंसिर २७, २०८२

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

Share:
157

किभ, साउन १८ । यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१ पुगेको छ। युक्रेनका अधिकारीले जनाए अनुसार एउटै आक्रमणबाट यत्ति धेरै मानवीय क्षति भएको यो नै पहिलो पटक हो।

आपत्कालीन निकायले दिएको जानकारी अनुसार बम बारीपछि भवनमा च्यापिएर मरेका २८ जनाको शव निकालिएको छ। यसमा ५ जना बालबालिका छन्।

एकै पटक १५९ जना घाइते भएका छन्। यसरी सबैभन्दा धेरै घाइते भएको पनि यो पहिलो पटक हो। किभका सैन्य प्रशासनका प्रमुख ट्युमर टासचेन्कोले दिएको जानकारी अनुसार घरमा एकै पटक सय भन्दा बढी थिचिएका छन्।

यस घटनापछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले रुसले मान्छे मार्ने क्रम नरोके पछि अन्तर्राष्ट्रिय निकायले प्रतिबन्ध लगाउँदै दबाब दिनु पर्नेमा जोड दिएका छन्।

जेलेन्सकीका अनुसार रुसले जुलाई महिनामा मात्र ५१ सय ग्रिड बम प्रहर गरेको छ। साथै तीन हजार आठ सय ड्रोन तथा २६० भिन्न टाइपको मिसाइल प्रहार गरेको छ। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।