शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक

Share:
323

साउन १० । बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को १९औँ सिजनको औपचारिक घोषणा भएको छ। केही दिनयता सो सिजनका विभिन्न कुरा सार्वजनिक भइरहेका छन् । एआई थिम रहने, शोको अवधि लम्ब्याइने लगायतका अड्कलबाजी-सामाजिक सञ्जालमा चर्चाको विषय बनेका थिए। अन्ततः दर्शकहरूका लागि प्रतिक्षा समाप्त भएको छ, किनभने निर्माताहरूले बिग बोस १९ को घोषणा गर्दै पहिलो टीजर सार्वजनिक गरेका छन्।

जिओहटस्टार मार्फत सार्वजनिक गरिएको यो टीजरमा सलमान खान होस्ट गर्ने यो सिजनका लागि नयाँ लोगो प्रस्तुत गरिएको छ। टीजरको क्याप्सनमा लेखिएको छ, “काउन्टडाउन सुरु भइसकेको छ, अब चाँडै नै हङ्गामा हुनेछ , प्रतिक्षामा रहनुहोला ।”

यो सिजनको सबैभन्दा विशेष पक्ष भनेको बिग बोसको लोगोमा गरिएको परिवर्तन हो। वर्षौंपछि पहिलोपटक शोको लोगो पूर्ण रूपमा परिवर्तन गरिएको छ, जसमा सेतो, नीलो, पहेँलो, गुलाबी, बैंगनी लगायत थुप्रै रंगको मिश्रण गरिएको छ।

यसले सिजनको थिमसँग कुनै विशेष सन्देश बोकेको हुनसक्ने अनुमान गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

अर्कोतर्फ, अघिल्लो सिजन बिग बोस १८ मा करण वीर मेहरा विजेता बनेका थिए भने विवियन डिसेना पहिलो रनरअप रहेका थिए।

यो सिजनले के नयाँ ट्विस्ट ल्याउनेछ ? नयाँ लोगोले शोको कथावस्तु र प्रस्तुतिमा कस्तो परिवर्तन ल्याउनेछ ? यी सबै प्रश्नको उत्तर भने शो प्रसारण भएपछि मात्र पत्ता लाग्नेछ।

दर्शक भने हालै सार्वजनिक गरिएको टीजर र नयाँ पहिचानले निकै उत्साहित देखिएका छन्। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।