पर्वत, साउन ४ । गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता भएका छन्।
मोदी गाउँपालिका- ३ लाङ्दिमा पहिरोले छविलाल विकको घर पुरिँदा घरधनी छविलाल विक र उनकी श्रीमती बेपत्ता भएका हुन्।
पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्दार गरिएको छ। पहिरोमा पुरिँएकालाई गाउँले उद्धार गरेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ। रासस








