शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

Share:
271

कञ्चनपुर, साउन ४ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उनलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।

‘पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ’, मन्सराले सम्झिइन्, ‘बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ’, उनले भनिन् ।

हात्तीको बथानले घरको भित्ता भत्काएर भित्र राखिएको सबै अन्नपात खाएको साउदले बताइन् । बचेको सबै खुट्टाले कुल्चेर कामै नलाग्ने बनाइदिएको उनले दुखेसो गरिन् ।

छिमेकी देवकी भट्ट भन्छिन्, ‘अझ अचम्म त के भयो भने हात्तीले मन्सराको घरमात्र भत्कायो, वरिपरिका घरमा केही गरेन, गएको वर्ष पनि मन्सारकै खेतको धान हात्तीको बथानले खाएर सखाप पार्यो, अरुको धानमा खुट्टासमेत हालेन ।’

अहिले छिमेकीले मन्सारको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन् । ‘केही दिनअघि मनि साउदको घर हात्तीले भत्काएको थियो’, उनले भनिन्, ‘हात्ती अब बस्तीका स्थायी पाहुना भएजस्ता छन्, जुनसुकै बेला पनि आइपुग्छन्, राति घरभित्र सुत्नै डर लाग्छ ।’

अर्की स्थानीय गौरी साउदले सडकमा बत्ती नहुँदा सावधानी अपनाउन पनि नसकिएको बताइन् । उनले भनिन्, ‘बत्ती भए हात्ती बस्तीमा पसेको टाढैबाट देखिन्थ्यो, अँध्यारोमा हात्ती आएको थाहा हुँदैन, जब घर भत्काउन सुरु गर्छन् तबमात्र थाहा हुन्छ, त्यसबेला ज्यान जोगाउनकै चिन्ता हुन्छ ।’

हात्तीले न खाद्यान्न छोड्छ, न घर । ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ । वनका अध्यक्ष ईश्वर बुढाले हात्तीले खानेपानीको पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएको बताए ।

हात्ती आतङ्क रोक्न मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ । स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।