मङ्ल, भदौ ३०, २०८३
Search
मङ्ल, भदौ ३०, २०८३

स्पेन युरो कप फुटबलको सेमिफाइनलमा

Share:
309

साउन ३ । घरेलु टोली स्वीजरल्यान्डलाई हराउँदै स्पेन महिला युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

विश्व विजेता स्पेनलाई घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोकेपछि सफलता पाउन धेरै सङ्घर्ष गर्नु परेको थियो।

अहिलेसम्म युरो कप जित्न नसकेको स्पेनलाई दोस्रो हाफमा अग्रता दिलाउने क्रममा एथेनिसा डेल कासेटिना तथा क्लाउडिया पेनाको महत्त्वपूर्ण योगदान रहयो। जितसहित स्पेन सन् १९९७ पछि पहिलो पटक सेमिफाइनल प्रवेश गरेको छ।

यसअघि नै स्पेनले दुई पटक पेनाल्टी अवसर खेर फालेको थियो। डेल कास्टिलोले वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेको चार मिनेटपछि ६६ औँ मिनेटमा पहिलो गोल गरेकी हुन्। त्यसको पाँच मिनेटपछि नै पिनाले गोल गरिन्।

खेलको इन्जुरी समयमा नोइन्जा मेडले रातो कार्ड पाएपछि स्वीजरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।