बिहि, असार ४, २०८३
Search
बिहि, असार ४, २०८३

एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित

Share:
485

साउन ३ । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सम्बन्धविच्छेदपछिको मौनता तोडेका छन् । उनले एक प्रेस नोटबाट मौनता तोडेका हुन् ।

गायिका एलिनाले विभिन्न मिडियामा सम्बन्धविच्छेद पछिका घटनाक्रमबारे उनको मुखबाट केही कुरा सुन्न चाहेको अभिव्यक्ति दिएकी थिइन् ।

सम्बन्धमा रहँदा विष्णुबाट घरेलु हिंसा सहनु परेको एलिनाले दाबी गरेकी थिइन् । अर्थात्, सम्बन्धबिच्छेद पछि चुप बसेका विष्णु लक्षिण टिप्पणी उनले सार्वजनिक कार्यक्रममा राख्दै आएकी थिइन् ।

एलिनाको इच्छा विष्णुले पूरा गरिदिएका छन् । सम्बन्धबिच्देछपछि आफू मानसिका पीडामा परेको उनले खुलाएका छन् ।

तर, छुटेको सम्बन्धबारे टिप्पणी गर्दै हिड्ने आफ्नो स्वभाव नरहेको विष्णुको दाबी छ । उनले भनेका छन्, ‘आदरपूवर्क घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक स्थानमा बोल्न उचित ठान्दिनँ ।’

सामाजिक सञ्जालमा गाली, चरित्र हत्या र धम्कीपूर्ण सन्देश आउन थालेपछि आफू मानसिक पीडाबाट गुज्रिएको विण्णुले जानकारी दिएका छन् ।

यसले आफ्नो निजी र व्यवसायिक जीवनमा असर पारेको उनको दाबी छ ।

विष्णु अहिले अस्ट्रेलियामा छन् । सामाजिक सञ्जालमा आफूमाथि भ्रामक गतिविधि गर्ने व्यक्ति विरुद्ध उतै कानुनी उपचार लागेको उनले जानकारी दिएका छन् । तर कसका विरुद्धमा कानुनी उपचार थालिएको हो किटान गरेका छैनन् ।

नकारात्मक टिप्पणी गर्ने र भ्रम फैलाउनेविरुद्ध अस्ट्रेलिया–नेपाल दुवै देशमा कानुनी उपचारमा लाग्ने समेत विष्णुले बताएका छन् ।

विष्णुले जारी गरेको प्रेस नोट :

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।