मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

म्याग्दीका नौ सय घरमा ‘एक घर, एक धारा’

Share:
443

म्याग्दी, असोज ३२ । म्याग्दीका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख झलकमोहन ओझाले आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको जानकारी दिए । एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ ।

आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, एक सय छ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र दुई सय ७७ वटा अन्य संरचना निर्माण भएका छन् ।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि ६ करोड ९८ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा ६ करोड ७० लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

सङ्घीय सरकारका पाँचवटा योजनाका लागि ५१ लाख बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र ४३ लाख ९५ हजार अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए ।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह–खर्कमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।