मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

Share:
316

बागलुङ, ३१ असार । निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।

कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो । विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उहाँको भनाइ छ ।

विक भिरबाट लडेपछि उहाँसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ । भिरबाट लड्नुभएका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “धेरै अग्लो ठाउँबाट लड्नु भएको रहेछ, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्‍यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्‍यो ।” रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।