मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

Share:
255

कञ्चनपुर, ३१ असारः कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन् । दोधारा(चाँदनी नगरपालिका(६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् । “भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्”, बोहराले भन्नुभयो, “पाँचै जनाको दोधारा(चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।” रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।