मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

Share:
361
कञ्चनपुर, ३० असार । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
आज एक सूचना जारी गर्दै जिल्लाका नौवटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।
गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । “परम्परागत रूपमा चलिरहेको कुप्रथा अझै कायमै छ । त्यसैका कारण शनिबार एक महिलाले ज्यान गुमाउनुप¥यो । त्यसैले यो कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । सोहीअनुसार सबै पालिकालाई अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।
कृष्णपुर नगरपालिकाले पनि १५ दिनभित्र छाउगोठ भत्काउन सबैलाई आग्रह गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए रु १० हजार जरिवाना गरिने बताउनुभयो । “सबै वडा कार्यालयलाई छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ”, उहाँले भन्नुभयो, “अटेर गर्नेलाई रु १० हजार जरिवाना गर्ने निर्णय गरेका छाँै ।”
कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले वडाले दुई वर्षअघिदेखि छाउगोठ भत्काउने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताउनुभयो । “गाली खाएर, झगडा गरेर पनि हामीले धेरै छाउगोठ भत्कायौँ, तर बनाइहाले”, उहाँले भन्नुभयो, “देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिनावारी भएको बेला छाउगोठ बस्ने गरिएको छ ।”
वडाध्यक्ष बस्नेतका अनुसार उक्त वडामा मात्रै अझै दुई सयभन्दा बढी छाउगोठ छन् । रासस
Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।