मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरद्वारा ४५ हजारलाई बहिरंग सेवा

Share:
583

चितवन, असार २७ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको११ महिनाको अवधिमा ४४ हजार ९७२ जनालाई बहिरंग सेवा दिएको छ । चिकित्सालयले आज पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरी यो तथ्यांक सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार बहिरंग (ओपिडी) सेवा लिएका मध्ये महिलाको संख्या २४ हजार २२२ र पुरुषको संख्या २० हजार ७५० रहेको छ । चिकित्सालयले ४१ हजार ४३९ जनालाई पूर्वकर्म/पञ्चकर्म सेवा, ८८१ जनालाई स्तनपायी आमा सेवा, ६ हजार ८०७ जनालाई जेष्ठ नागरिक सेवा दिएको छ । यसैगरी एक हजार १३० जनालाई योग सेवा, ६ हजार १६ जनालाई प्याथोलोजी (ल्याब) सेवा, ४ हजार २७० जनालाई नागरिक आरोग्य सेवा, एक हजार ७ जनालाई अकुपञ्चर सेवा दिएको डा. अधिकारीले जानकारी दिनुभयो ।

यसै अवधिमा फिजियोथेरापी सेवा लिनको संख्या ८३२ रहेको छ भने अल्ट्रासाउण्ड सेवा ५३ जनाले लिएका छन् । चिकित्सालयले गत पुसदेखि बिरामी भर्ना सेवा (अन्तरंग) सञ्चालन गरेकोमा हालसम्म ३२ जनाले अन्तरंग सेवा लिएका छन् । यस अवधिमा नौ जनाको शल्यक्रिया (क्षरशुत्र) गरिएको छ । अन्तरंग सेवा सञ्चालनको शुरुवाती चरणमा जनशक्तिको अभाव भएका कारण पनि पर्याप्त सेवा दिन नसकिएको डा. अधिकारीको भनाई छ ।

कार्यालयले आ.व. २०८१/०८२ मा संघीय सशर्त अनुदानबाट प्राप्त चालुतर्फ ९७ प्रतिशत र पूँजीगततर्फ ७८ प्रतिशत प्रगति गरेको छ । यसैगरी प्रदेशतर्फ चालु ७८ प्रतिशत र पूँजीगत ९९ प्रतिशत प्रगति गरेको प्रमुख डा. अधिकारीले जानकारी दिनुभयो ।

यस आर्थिक वर्षमा पाँच वटा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै डा. अधिकारीले भन्नुभयो “यस अवधिमा हामीले चिकित्सालयको नयाँ भवन उद्घाटन गरी सेवा सञ्चालन, अन्तरंग सेवा, क्षारसूत्र सेवा, दिवा सेवा अन्तर्गत सद्योवमन, सद्योविरेचन, आस्थापन वस्ती लगायतका सेवा शुरु ग-यौं ।” यसैगरी नियमित जलौका चिकित्सा, मर्म चिकित्सा, अग्निकर्म चिकित्सा सेवा पनि यसै अवधिमा सञ्चालन गरिएको उहाँको भनाई छ ।

आफूहरुले कार्यालय बाहिर पनि विभिन्न कार्यक्रम गरेको भन्दै उहाँले भान्साघर औषधालय कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम, होमस्टे, होटेल तथा पर्यटन व्यवसायीलाई योग तथा आयुर्वेद स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै आरोग्य अभियान कार्यक्रम, योग तथा व्यायाम सम्बन्धी कक्षाहरु, पथ्याहार कार्यक्रम, स्वस्थ जीवन प्रबद्र्धन (नियमित) कार्यक्रम, स्वर्णविन्दु प्रशासन कार्यक्रम, आयुर्वेद स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिबृद्धि तालिम जस्ता कार्यक्रम पनि यस अवधिमा गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूलाई संस्थाले प्रस्तुत गरेको तथ्यांक, सेवा विस्तारको योजना र चुनौतीबारे विस्तृत जानकारी गराइएको थियो । कार्यक्रममा आयुर्वेद सेवालाई जनस्तरसम्म पु¥याउन सञ्चारकर्मीहरूको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले आयुर्वेदलाई प्रयोग गर्न नजान्दा दीर्घरोगहरुको समस्या बढ्दै गएको बताउनुभयो । हाम्रा भान्सामा पनि धेरै औषधिय गुण भएका वस्तुहरु रहेको भन्दै उहाँले यसलाई समुचित प्रयोग गर्न जान्नु पर्ने बताउनुभयो । आयुर्वेद सेवालाई टोलस्तरसम्म पु-याउन आफूले सक्दो पहल गर्ने उहाँको भनाई छ । डा.सोहन खनालले स्वागत गर्नुभएको कार्यक्रम डा.देवेन्द्र यादवले सञ्चालन गर्नुभएको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले स्वास्थ्य सेवा क्षेत्रमा पुरातन ज्ञान र आधुनिक व्यवस्थाको संयोजनमार्फत नवीन अभ्यास गरिरहेको छ । यो चिकित्सालय चितवन जिल्लामा आयुर्वेदसेवा प्रवद्र्धनमा केन्द्रित अग्रणी संस्था मानिन्छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।