शुक्र, माघ ९, २०८२
Search
शुक्र, माघ ९, २०८२

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

Share:
312

जेठ २६ । ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका छन् ।

आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन् ।

लोकेश कनागराजको निर्देशनमा बन्ने फिल्म ‘कुली’ सन् २०२५ को भारतकै सबैभन्दा महँगो र ठूलो प्रोजेक्ट मध्ये एकका रुपमा चर्चा भइरहको छ ।

विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् ।

प्रदर्शनको १०० दिने ‘काउन्ट डाउन्ट’ सुरु गर्दै निर्माण पक्षले एक प्रोमो भिडियो सार्वजनिक गरेको थियो । जसमा रजनीकान्तको ‘योङ लुक्स’ले चर्चासमेत पाएको छ ।

अहिले उनको पारिश्रमिकको विषय पनि चर्चामा आएको छ । उनले ‘कुली’का लागि २६० करोडदेखि २८० करोड भारुसम्म पारिश्रमिक बुझेको भारतीय मिडिया टाइम्सअफ इन्डियाले उल्लेख गरेको छ ।

बलिउडका महँगा नायक सलमान खान र शाहरुख खानको भन्दा पनि यो धेरै ठूलो पारिश्रिमक हो । सलमान र शाहरुखले १०० करोड हराहारी पारिश्रमिक बुझ्ने गरेका छन् ।

एसियाको महँगो नायकका रुपमा ज्याकी च्यानलाई लिइँदै आएको थियो । रजनीकान्तको यो पारिश्रमिक ज्याकी च्यानको भन्दा बढी हो । एजेन्सी

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।