मङ्ल, मंसिर २३, २०८२
Search
मङ्ल, मंसिर २३, २०८२

यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन

Share:
150

पर्सा, जेठ १२ । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिनुभयो । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा रु २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने रु ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा रु ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्र्फ रु २७ लाख १६ हजार, सवारी विविधतर्फ रु आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ । त्यस्तै आयकरतर्फ रु आठ लाख ६० हजार ५२५ र पटके करतर्फ रु ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन गरेको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।