शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

Share:
212
1718154298 samsaddd 1200x560

काठमाडौं, बैशाख १२ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आह्वान भएअनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी छ । यस्तै, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यहरूको मनोनयन गर्ने छन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसअघि संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।