सोम, बैशाख ७, २०८३
Search
सोम, बैशाख ७, २०८३

केबलकार विवाद : आइतबार बिहानदेखि ताप्लेजुङमा निषेधाज्ञा

Share:
183

फागुन ११ । पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।

सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।

अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ। शनिबार साँझमात्र केबलकार पक्ष र विपक्षको झडपमा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासन निषेधाज्ञा जारी गर्न पुगेको हो। सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

सूचनामा सदुरमुका फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोलसम्म निषेधाज्ञा तोकिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबुलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ।

उक्त क्षेत्रमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ। उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।