शनि, बैशाख १९, २०८३
Search
शनि, बैशाख १९, २०८३

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
140

काठमाडौं, फागुन ३ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ६२ पैसा र बिक्रीदर १३९ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ०७ पैसा र बिक्रीदर १४५ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपियाँ ४० पैसा र बिक्रीदर १७५ रुपियाँ १५ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ६७ पैसा र बिक्रीदर १५४ रुपियाँ ३४ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८२ पैसा र बिक्रीदर ८८ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७१ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ ०८ पैसा र बिक्रीदर ०९ रुपियाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्री दर ३१ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९१ पैसा र बिक्रीदर १२ रुपियाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४५ पैसा र बिक्री दर १९ रुपियाँ ५३ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५० पैसा र बिक्रीदर ४५१ रुपियाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ०४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ६० पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ। रासस

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।