सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई यसरी राख्नुस् प्रेम प्रस्ताव

Share:
68

माघ २६ । अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् ।

यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको मान्छेलाई प्रेमका लागि खुलेर प्रस्ताव राखिन्छ ।

यसरी राख्नुहोस् प्रेमी वा प्रेमिकालाई प्रस्ताव

१. प्रस्ताव गर्ने तरिका सोचिराख्नुस् :

सबै भन्दा पहिला आफ्नो मान्छेलाई कसरी र कहाँ प्रस्ताव राख्ने भनेर पहिला नै योजना बनाउनुहोस् । प्रस्ताव राख्न हतार पनि नगर्नुहोस् । युवतीलाई महँगा उपहारले भन्दा पनि विशेष महसुस गराउँदा धेरै खुसी हुने गर्छन्  र  रोमान्टिक वातावरणको सिर्जना गर्नुहोस् ।

२. स्थानको छनोटमा ध्यान दिनुहोस् :

आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेम प्रस्ताव राख्नको लागि उपयुक्त स्थान जहाँ तपाईँका यादहरू जोडिएका हुन्, यस्तो स्थान जहाँ भिडभाड नभएको र वातावरण शान्त होस् । त्यो ठाउँमा रहँदा तपाईँलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् । आफ्ना कुराहरू आनन्दले राख्न सक्ने स्थान छनोट गर्नुहोस् ।

३. आफ्नो लुक्समा ध्यान दिनुस् :

आफूले लगाउने कपडा र सुहाउँदो जुत्तामा ध्यान दिनुहोस् । आफूलाई परफेक्ट देखिने खालका कपडा लगाउनुहोस् र पर्फ्युमको प्रयोग गर्नुहोस् ।

 ४. उपहार छनोट गर्नुहोस् :

तपाईंको महिला साथीलाई यस्तो ठाउँमा लानुहोस् जहाँ तपाईँहरू एक्लै रमाउन पाउनुहुन्छ र त्यस्तो मौकामा केही राम्रा उपहार दिएर आफूतर्फ आकर्षित गर्नुहोस् ।

यो दिन रोमान्टिक प्रस्तावको सौन्दर्य मनाउन चिह्न स्वरुप प्रस्ताव राखेर मनाइन्छ । प्रेमका प्रस्ताव हरेक दम्पतीको जीवनमा धेरै काल्पनिक र अद्वितीय क्षण हुन् ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।