सोम, मंसिर १, २०८२
Search
सोम, मंसिर १, २०८२

प्रेम सप्ताह सुरु : आज ‘रोज डे’

Share:
74

माघ २५ । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् ।

आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् ।

आज साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन् ।

‘रोज डे’ को इतिहास

‘रोज डे’ को इतिहासलाई हेर्दा मुगल बेगम नूरजहाँ जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे ।

अर्को इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।

‘रोज डे’ का दिन दिने गुलाफका रंगहरुले पनि भिन्नाभिन्नै अर्थ राख्छन्–

गुलाबको रंगको विशेषता

रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।

सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।

सुन्तला रंगको गुलाफ- सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।

Picture of लगातार नेपाल सम्वादाता

लगातार नेपाल सम्वादाता

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।