शुक्र, बैशाख ४, २०८३
Search
शुक्र, बैशाख ४, २०८३

आप्रवासन दिवसमा अन्तरक्रिया कार्यक्रम

Share:
162

तानसेन -अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ को अवसरमा तानसेन नगरपालिकाद्धारा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि सम्पन्न गरिएको छ । कार्यक्रम तानसेन नगरपालिकाको उप प्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सामाजिक बिकास समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष प्रदिप खनालको उपस्थितिमा र सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रममा गैर सरकारी संस्था महासंघ जिल्ला शाखाका अध्यक्ष भेषराज तिमिल्सिना, प्रत्येक वडाबाट बैदेशिक रोजगारबाट फर्केका, जान तत्पर भएका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ । यो दिन संसारभरका आप्रवासी श्रमिकहरूको सम्मान, अधिकारको संरक्षण र उनीहरूको योगदानको कदर गर्दै मनाइन्छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसले संसारभरका श्रमिकहरूको उनीहरूको अधिकारको रक्षा गर्ने, उनीहरुको योगदानको कदर गर्ने तथा सबै पक्षलाई सचेत गराउन दिवसको रुपमा मनाइने गरिन्छ । अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीको परिवेश, वैदेशिक रोजगार सम्वन्धि नीतिगत व्यवस्था,सामी कार्यक्रम वारे संक्षिप्त जानकारी, सुरक्षित वैदेशिक रोजगारीका लागी सरोकारवालहरुको भुमिकाका बारेमा सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले तानसेन नगरपालिकाले यस कार्यक्रममा आर्थिक सहयोग गरि कार्यक्रम सन्चालन गरिएको र नगरपालिकाले बैदेशिक रोजगारीको तथ्याकं संकलन गरि आगामी योजना बनाउने बताउनुभयो ।

सामाजिक बिकास समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष प्रदिप खनालले बैदेशिक रोजगारीबाट आएको रकम दैनिक घर खर्चमा बढि हुने गरेकोले समुदायको कार्यक्रमा वित्तिय साक्षरता जोडनु पर्ने बताउनुभयो । उप प्रमुख प्रतिक्षा सिंजालीले नगरपालिकाले समुदाय स्तरमा कार्यक्रम सन्चालन हुने र बैदेशिक रोजगारबाट फर्केका, जान तत्पर भएका र उनीहरुका परिवार धेरै भन्दा धेरै सहभागी गराई वैदेशिक रोजगारीको नकारात्मक पक्षलाई न्युनिकरण गर्न सहयोग गर्नु पर्ने बताउदै कार्यक्रमको समापन गर्नुभयो ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।