रत्ननगर, चैत २ । चितवनकाे पहाडी क्षेत्र कालिका नगरपालिका वडा नं. ११ मझवाङ्गमा नि:शुल्क स्वास्थ्य शिविर संगै शैक्षिक सामाग्री, झुल बितरण गरिएकाेछ ।
ग्रीन सोसाईटी नेपालको आयाेजना तथा नेपाल हिल्फे डिरेक्ट ईभिकाे आर्थिक सहयाेग र पुरानाे मेडिकल कलेज भरतपुर चितवनकाे प्राविधिक सहयाेगमा श्री राष्ट्रिय माध्यमिक विद्यालय मझवाङ्गमा साेमवार नि:शुल्क स्वास्थ्य शिविर गरिएकाे हाे ।

शिविरमा २ सय ५४ जनाले स्वास्थ्य लाभ लिएकाछन् । ६७ पुरूष र १ सय ८७ जना महिला गरि २ सय ५४ जनाले स्वास्थ्य लाभ लिएकाे ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिनुभयो । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।

यस्तै, साेही अवसरमा १ सय ५० बालबालिकाहरूलाई लिटाे, मनजन, ब्रस, शैक्षिक सामाग्री बितरण गरिनुका साथै निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उहाँले जानकारी दिनुभयाे ।


दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी विशेषरुपमा यो शिविरको आयोजना गरिएकाे महासचिव परियारकाे भनाईछ ।
उक्त शिविरमा सामान्य जाँच, दन्त, स्त्रीराेग, भाैतिक चिकित्सा प्रयाेगशाला, आँखा जाँच गरिएको थियो । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको उहाँले बताउनुभयाे ।

गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यका अनुसार दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि मझवाङ्ग विद्यालयमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविर सञ्चालन गरिएकाे हाे ।

कार्यक्रमामा कालिका- ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, नेपाल हिल्फे डिरेक्ट ईभिका काेडिनेटर हाटमुटड्रामस्टाट, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम वहादुर प्रजा, प्राधानाध्यापक फडिन्द्र पनेरू, शिक्षक देवलाल प्रजा, चिकित्सककाे टाेलीकाे सहभागिता रहेकाे थियाे ।







