शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

Share:
205

पर्सा, असोज २ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले चालु आर्थिक वर्षको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको थियो’, उनले भने, ‘जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व सङ्कलन ठप्पजस्तै हुँदा पनि राजस्व सङ्कलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।’

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते तीन करोड, भदौ २५ गते भने शून्य भएको छ ।

त्यस्तै भदौ २६ गते ६ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्‍यो भने भदौ महिनामा २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ । रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।