बिहि, बैशाख १७, २०८३
Search
बिहि, बैशाख १७, २०८३

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

Share:
202

काठमाडौं, भदौ २४ । सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।

विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘सामाजिक सञ्जाल शुरु भइसक्यो ।’

दर्ताका लागि ताकेता गर्दा ‘तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं’ भनेर सामाजिक सञ्जालका सञ्चालकहरुले जवाफ दिएको मन्त्री गुरुङको भनाइ छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।