शुक्र, बैशाख १८, २०८३
Search
शुक्र, बैशाख १८, २०८३

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Share:
333

काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ४९ पैसा र बिक्रीदर १६० रुपियाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपियाँ र बिक्रीदर १८७ रुपियाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपियाँ ३६ पैसा र बिक्रीदर १७१ रुपियाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २७ पैसा र बिक्रीदर ८९ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ०७ पैसा र बिक्रीदर १०० रुपियाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३२ पैसा र बिक्रीदर १०७ रुपियाँ ७९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३२ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४३ पैसा र बिक्रीदर १४ रुपियाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३८ पैसा र बिक्रीदर २१ रुपियाँ ४८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपियाँ ५० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। रासस

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।