कालिका । चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चाैलागाईको सरुवा भएको छ । २२ महिना अघिदेखि कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत चाैलागाईको किर्तिपुर नरपालिका काठमाडाैंमा सरूवा भएको हो ।

चाैलागाईकाे सरुवा भएसँगै कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा आउने भएका छन् । युवा, श्रम तथा राेजगार मन्त्रालयमा कार्यरत थापाकाे कालिकामा सरुवा भएको स्रोतले बताएको छ ।








