बुध, साउन ६, २०८३
Search
बुध, साउन ६, २०८३

चितवनका सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेश

Share:
178

काठमाडौं । चितवनका १२ वर्षीय सुभन भण्डारी ‘द भ्वाइस अफ किड्स नेपाल सिजन–५’को ब्याटल राउन्डमा प्रवेश गरेका छन्।

रत्ननगर नगरपालिका–१०, भानुचोक निवासी सुभन नेपालभरबाट छनोट भएका ४६ प्रतियोगीमध्ये एक हुन्। हाल उनी काठमाडौंको बुढानिलकण्ठस्थित बाल विकास बोर्डिङ हाई स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।

ब्लाइन्ड अडिसनमा उनले ‘चरीले त’ बोलको गीत प्रस्तुत गर्दै आफ्नो सशक्त गायन प्रतिभा प्रदर्शन गरेका थिए। उनको प्रभावशाली प्रस्तुति पश्चात् कोच वाङ्देन शेर्पाबाहेक अन्य तीनै जना कोचले आफ्नो कुर्सी घुमाएका थिए।

तीनमध्ये एक कोचबाट छनोट हुने अवसर पाएपछि सुभनले कोच अर्जुन सापकोटाको टोली रोज्दै ब्याटल राउन्डमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

सुभनकी आमा अम्बिका चालिसे भण्डारीका अनुसार सुभन सानैदेखि गायन र अध्ययन दुवैमा रुचि राख्दै आएका छन्।
‘सुभन सानैदेखि पढाइ र गायन दुवैमा रुचि देखाउँथ्यो। उसले दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेको छ,’ उनले भनिन्।
सुभनका पिता पुष्पराज भण्डारीका अनुसार ब्लाइन्ड अडिसन पार गर्नु सुभनको सफलताको सुरुआत मात्र हो।

‘यो सफलता सुभनको पहिलो खुड्किलो मात्र हो। उसले जीवनमा अझ धेरै मेहनत गर्न बाँकी छ। हामी उसको उज्ज्वल भविष्यको कामना गर्दछौँ,’ उनले भने।

‘द भ्वाइस अफ किड्स नेपाल’को ब्याटल राउन्डमा प्रवेशसँगै सुभनले आफ्नो सांगीतिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उनको सफलताले चितवनवासी तथा शुभेच्छुकहरूमा उत्साह थपेको छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।