मङ्ल, चैत्र ३, २०८२
Search
मङ्ल, चैत्र ३, २०८२

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

Share:
213

असार २१ । रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’ गर्ने भएको छ । आयोजकले काठमाडौंको दरबार मार्गमा शुक्रबार पत्रकार सम्मलेन गरी अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो ।

यस पटक विभिन्न १४ विधाका विजेतालाई अवार्ड प्रदान गरिने बताइएको छ । त्यस्तै, संगीत क्षेत्रमा योगदान पुर्‍याउने एक जना ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित हुने आयोजकले बताएको छ ।

असार २८ गते शनिबार गोदावारीको सनराइज सम्मेलन केन्द्रमा यो कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा गायक कुमा सागर र दुर्गेश थापाले लाइभ प्रस्तुती दिने आयोजकले बताएको छ । त्यस्तै, अन्य गायकहरु सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले पनि लाइभ प्रस्तुती दिनेछन् ।

कलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले हाँस्य प्रस्तुति दिने तय भएको आयोजकले जानकारी दिएको छ ।

यो पटक अवार्ड कार्यक्रमलाई थप वृहत बनाउने योजना रहेको आयोजकतर्फबाट सुरज सिंह ठकुरीले बताए ।

उनले भने, ‘यो पटक अवार्ड कार्यक्रम वृहत बनाउन हामी गोदावारी पुगेका हौं । यो पटक धेरै दर्शकलाई सहाभागी बनाउन ठूलो सिट क्षमता भएको हलमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।’

यो कार्यक्रम रेड कार्पेटसहित आयोजना हुने आयोजकले बताएको छ ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।