मङ्ल, जेष्ठ २६, २०८३
Search
मङ्ल, जेष्ठ २६, २०८३

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

Share:
292

आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन शुक्ल पक्षको अष्टमी तिथि। राष्ट्रिय कोदो दिवस। विश्व स्तनपान सप्ताह प्रारम्भ। तदनुसार सन् २०२५ अगष्ट १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

वृष : दिन सामान्य छ। लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। खानपानमा ध्यान नजाँदा स्वास्थ्यमा समस्या हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठुला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। जग्गाको कारोबारमा घाटा हुनेछ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन राम्रो छ। संघ संस्थाले सम्मान गर्नेछन्। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नती हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

धनु : दिन राम्रो छ। आम्दानीका स्रोत सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक हुन्छ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन अशान्त हुनसक्छ।

मकर : दिन राम्रो छ। अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन सामान्य राम्रो छ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। भीडमा सचेत हुनुपर्ने देखिन्छ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।