मङ्ल, जेष्ठ २६, २०८३
Search
मङ्ल, जेष्ठ २६, २०८३

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

Share:
314

भैरहवा, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ।

बैठकको भैरहवाको एक होटलमा बसेको हो । सहकारी ठगी प्रकरणमा रविलाई थुनिएको भैरहवा कारागारनजिकै बैठक राखिएको हो ।

बैठकमा सहभागी हुन रास्वपाका केही सांसद मंगलबार भैरहवा पुगेका थिए । बाँकी भने बुधबार नै भैरहवा उत्रिए।

मंगलबार भैरहवा पुगेका पार्टी उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झासहितका सांसदहरूले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे स्थानीयबासीसँग छलफल गरेका थिए ।

त्यसैगरी बुधबार नै बैठक बस्नुअघि कावा सभापति अर्यालले सभापति लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । सांसदहरू सोविता गौतम, अशिम साह, डा। चन्दा कार्कीले कारागारमा पुगेर रविलाई भेटेको खुलेको छ।

भेटका क्रममा रविले आफ्नो पक्षमा २५ लाख बढी सर्वसाधारणले मत दिने गरि चलाएको हस्ताक्षर अभियानका लागि नेताहरूप्रति आभार व्यक्त गरेका छन् । रविले अहिले रास्वपाको पक्षमा माहोल बनेको बताउँदै ‘ग्राउन्ड रियालिटी’ नभुली अभियानमा लागिरहन पनि भनेका छन् ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति लामिछानेको सांसद पद निलम्बित भएपछि संसदीय दलको नेता चयन गरिएको छैन ।

रविले दलको नेतामा कसैलाई कार्यवाहक तोकेका छैनन् । संसदीय दलमा संयोजको भूमिका उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

Picture of लगातार नेपाल

लगातार नेपाल

https://lagatarnepal.com/wp-content/uploads/2024/12/Expert-Education-General-Services-1.gif
Scroll to Top

ताजा अपडेट

Follow Us

© २०२४ लगातार नेपाल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।